रवि लामिछानेलाई भैरहवाबाट काठमाडौँ ल्याइँदै
२०८२ साउन ३१ गते

फाइल फोटो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौँ ल्याइदैँछ ।
आज उनी बुद्ध एयरको विमानमार्फत भैरहवाबाट काठमाडौँ आउने रास्वपा प्रवक्ता मीनष झाले बताए ।
सहकारी ठगी प्रकरणमा सभापति लामिछाने गत चैत २५ गतेदेखि भैरहवा कारागारमा थिए।
उनले गत जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।
अदालतले दिएको आदेश पालाना नगरेको भन्दै आलोचना भएपछि सरकारले उनलाई काठमाडौँ ल्याउन लागेको हो।
२०८२ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित








