नेपालका राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए : सचिव कार्की

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू निर्वाचन केन्द्रित मात्रै भएको बताएका छन् ।

उनले राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताए । अहिलेको निर्वाचन जित्ने भनेको अर्को निर्वाचन जित्ने हो भन्ने स्थितिबाट राजनीतिक दलहरू अघि बढिरहेको उनको टिप्पणी छ । सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरूले पनि ०८४ का रूपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरूले पनि परिवर्तनको चक्रमा रुमपा हेरिरहेको बताए ।

हरेक १५—२० वर्षभित्र नेपालमा ठुला ठुला आन्दोलनहरू हुने गरेको स्मरण गर्दै जनताको असन्तोष, चाहना, आकांक्षाहरु त्यसैतर्फ परिलक्षित भइरहेको बताए । नेपालको राजनीतिमा सक्रिय र प्रभावी रहेका राजनीतिक दलहरूको औचित्यमाथि नै प्रश्न खडा हुनेगरी अहिलेको परिस्थिति अघि बढिरहेको बताए ।

उनले भने ‘मुख्य कुरा सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित भए । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भनेको जस्तो स्थितिमा छ । अहिले नेपालको राजनीतिको जो चक्र छ । त्यसमा राजनीतिक पार्टीहरूले ०८४ पनि हेरिरहेका छन् । जनताको पनि एउटा चक्र छ । परिवर्तनको एउटा चक्र छ । हरेक १०—१५—२० वर्षभित्र नेपालमा ठुला ठुला आन्दोलनहरू हुने गरेका छन् । जनताको असन्तोष, चाहना, आकांक्षाहरु परिलक्षित हुने गरेका छन् । त्यसो हुनाले एकातिर संसदीय दृष्टिकोणबाट हेर्दा देखिने ०८४ र अर्को कुरा जनताको पक्षबाट, मजदुर किसानको परिप्रेक्ष्यबाट हेर्ने ०८४ फरक छ । ०८४ मा यी पार्टीहरुः जो अहिले नेपालको राजनीतिमा सक्रिय छन्, प्रभावी छन्, ती पार्टीहरूको रिलेभेन्स, औचित्यमाथि ठुलो प्रश्न पो खडा हुन्छ की भन्नेकुरा आइरहेको छ ।’

सचिव कार्कीले अहिले संसारको नेतृत्व नै पुँजीपति वर्गले गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =