नेता दिपेन्द्र कुँवर ‘यथार्थ’ एमाले छाडेर पुनः माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । स्थानीयस्तरमा बलियो पकड बनाएका नेता दिपेन्द्र कुँवर ‘यथार्थ’ले नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । एमालेका केन्द्रीय परिषद् सदस्य रहेका कुँवरलाई माओवादी केन्द्रले आफ्नो ‘मूलघर’मा फिर्ता भएको जनाएको छ ।

नेकपा विभाजनपछि एमालेमा सक्रिय रहेका बैतडीका नेता कुँवरलाई शनिबार माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा एक कार्यक्रमबीच पार्टीमा स्वागत गरे । अध्यक्ष प्रचण्डले कुँवरलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवरले राजनीतिक घटनाक्रमसँगै पुनः माओवादी केन्द्रमै रहेर क्रियाशील हुने निर्णय लिएका हुन् । उनको पार्टी पुनर्मिलनका लागि माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =