मकालु बेसक्याम्प र शिवधारामा सञ्चार सेवा विस्तार गर्न माग

किमाथाङका । मकालु गाउँपालिकास्थित मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विश्वको पाँचौँ अग्लो मकालु हिमाल, बेसक्याम्प र धार्मिक तथा पर्यटकीय क्षेत्र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएकामा बैठकले सेवा विस्तार गर्ने निर्णय गरेको साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । टेलिफोन तथा इन्टरनेट सुविधा नभएका कारण बिरामी परेमा आन्तरिक तथा बाह्य पर्यटकको तत्काल उद्धारका लागि कठिनाइ हुने गरेकाले उक्त निर्णय गरिएको उनको भनाइ छ ।

मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सुविधा नहुँदा बर्सेनि मानवीय क्षतिका अप्रिय घटना घट्ने भएकाले सो क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको साहयक प्रजिअ घिमिरेले बताए ।

बैठकले सञ्चार विस्तारका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी मकालु बरुण राष्ट्रिय निकुञ्जसहित सरोकार भएका निकायसँग समन्वयमार्फत उपयुक्त हुने प्रविधिअनुसार टेलिफोन, इन्टरनेटलगायत सुविधा पु¥याउन नेपाल टेलिकम सङखुवासभामार्फत टेलिकम केन्द्रीय कार्यालयमा अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले वर्षात्को समयमा सदरमुकाम जोड्ने पालिकाको केन्द्र एवं वडा केन्द्रलगायत सडकमा पहिरो गई यातायात कुनै पनि बेला अवरुद्ध हुनसक्ने भएकाले सडक अवरुद्ध हुन नदिन सम्बद्ध कार्यालय तथा पालिकालाई अनुरोध गर्ने निर्णय गरेको साहयक प्रजिअ घिमिरेले बताए ।

उनका अनुसार विपद् समितिको बैठकले हाल जिल्लामा डेङ्गीको जोखिम बढिरहेकले जनचेतनामूलक सामग्रीको प्रचारप्रसार गर्ने, सचेतना अभिवृद्धि गर्ने, ‘खोज र नष्ट गर’अभियान सञ्चालन गरी सक्रियतापूर्वक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी विपद्को पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी भएका निर्णयहरू सरोकार भएका निकायले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्राकृतिक विपद्बाट हुनसक्ने पशुधनको क्षतिमा राहतसम्बन्धी दररेट यकिन गर्न आवश्यक कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले मनसुनजन्य विपद्बाट जोगिन, क्षतिलाई कम गर्न र क्षति भएमा खोज तथा उद्धार, राहत प्रतिकार्य एवं पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि तयारी अवस्थामा रहन विभिन्न सरोकार भएका निकायलाई अनुरोध गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षति हुने गरेकाले पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यानाकर्षण गराउन पहल गर्ने निर्णय भएको सहायक प्रजिअ घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =