भारतको महावाणिज्य दूतावासमा ७९औँ स्वतन्त्रता दिवस मनाइयो

वीरगञ्ज । यहाँस्थित भारतको महावाणिज्य दूतावासमा विविध कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ ।

दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रका नाममा गरिएको सम्बोधनसमेत प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा विद्यार्थीहरूले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =