८८ उच्च र १२२ जिल्ला अदालतका न्यायाधीशको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद्को शुक्रबार बसेको बैठकले एकै पटक उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।

परिषद्को निर्णय अनुसार विशेष अदालतको अध्यक्ष रहेका न्यायाधीश टेकनारायण कुँवरको पनि सरुवा गरिएको छ । कुँवरको सरुवा उच्च अदालत जनकपुरमा न्यायाधीशको रूपमा गरिएको हो ।

उक्त सरुवासँगै उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको छ ।

न्याय परिषद्का अनुसार न्यायिक सेवा सञ्चालनमा प्रभावकारिता ल्याउन तथा क्षेत्रीय सन्तुलन कायम गर्न सरुवा गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =