काँग्रेस सांसदको टिप्पणी : असुरक्षित हवाई सेवा लिन नेपाल आउनु

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजन केसीले असुरक्षित हवाई सेवा लिन नेपाल आउनुपर्ने भन्दै टिप्पणी गरेका छन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संसारमा हवाई सेवा यातायात सेवामा सबैभन्दा बढी सुरक्षित हुने भएपनि नेपालमा भने असुरक्षित रहेको बताए । उनले यसका कारणहरू पत्ता लगाइ समाधान गर्नुपर्ने बताए । उनले अधिकार खोज्ने तर कर्तव्य पूरा नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले भने ‘संसारमा हवाई सेवा सबैभन्दा बढी सुरक्षित यातायात सेवाका रूपमा लिइन्छ । नेपालमा यसको ठ्याक्कै उल्टो भयो । असुरक्षित हवाई सेवा लिनुपयो भने नेपाल आउनु जस्तो भयो । यसको के के कारण हुनसक्छ ? त्यो पत्ता लगाउनुपर्छ । यो विधेयकले हवाई सुरक्षामा अत्यन्त राम्रो हुन्छ भन्ने विश्वास छ ।’

नागरिक उड्डयनसम्बन्धी विधेयकमा समितिले उपसमिति बनाएर हरेक बुँदामा छलफल गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =