संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर जनताको मुद्दामा अघि बढ्छौँ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर रास्वपा अघि बढिरहेको बताएका छन् ।

सभामुखसँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचीबारे छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले आफूहरूका मागहरू सुन्न नचाहेको भन्दै आफ्ना मागहरूप्रति सरकार गम्भीर बन्नुपर्ने बताए । सभामुख देवराज घिमिरेले त्यसको लागि पहल गरिदिएको पनि बताए ।

उनले सभामुखसँग भदौ महिनाको कार्यतालिका बनाउने विषयमा छलफल भएको पनि बताए । उनले आगामी दिनको संसद कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल गरेको बताए । त्यस्तै संसद भदौको ४,५ र ६ गते सञ्चालन गर्ने पनि बताए ।

उनले भने ‘भदौ महिनाको कार्यतालिका बनाउनेबारे छलफल भयो । आगामी दिनको संसद कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भयो । भदौको ४,५ र ६ गते सभा सञ्चालन गर्ने र त्यसपछि सदन १५ पछि गर्ने र भदौ ४ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेबारे छलफल भयो । मुख्य कुरा सरकारले सुन्न चाहिरहेको छैन, हाम्रो मागप्रति सरकार सुन्न चाहँदैन । तर सभामुखज्यूले त्यहाँ सबैको उपस्थिति भए राम्रो हुन्थ्यो भन्नुभयो । संवादको ढोका खुला राख्दै जनताको मुद्दामा अघि बढ्छौँ भनेका छौँ ।’

प्रमुख सचेतक परियारले सभामुख घिमिरेले सांसदहरू सबै उपस्थित भएर विधेयकहरूमाथि छलफल गर्दा राम्रो हुने बताएको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =