चुनौतिकाबीच २३ लाखभन्दा बढी सिरियालीहरू स्वदेश फर्किए
२०८२ साउन ३० गते

एजेन्सी । डिसेम्बर ८, २०२४ देखि यता २३ लाखभन्दा बढी सिरियालीहरू घर फर्किएका छन् ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका एक अधिकारीले फर्केकाहरूले आवास र जीविकोपार्जनको गम्भीर अभावको सामना गरिरहेको बताए ।
धेरैका घरहरू ध्वस्त वा क्षतिग्रस्त भएको पाइएको छ । फर्केकाहरूमा टर्की, लेबनान, जोर्डन, इजिप्ट र इराकबाट आएका ७ लाख ५० हजार भन्दा बढी शरणार्थीहरू र १६ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित सिरियालीहरू समावेश छन् ।
संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तको सिरिया कार्यालयकी प्रवक्ता सेलिन स्मिटले बताइन् ।
नागरिक कागजातहरू पुनस्र्थापित गर्नु पनि जरुरी रहेको बताइन् ।
२०८२ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








