‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान सुरु गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान शुरु गर्न जरुरी रहेको बताएका छन् ।
मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान शुरु गर्न जरुरी रहेको बताएका हुन् । उनले अब बोल्ड निर्णय लिएर अघि बढ्न जरुरी रहेको बताए ।
कसले के भन्छ भनेर बसेर अब नहुने उनको भनाइ छ । कृषि क्षेत्र छिटो परिवर्तन ल्याउने क्षेत्र भएकाले भैँसी पालनतर्फ किसानलाई अघि बढाउन जरुरी रहेको बताए ।
वागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशमा मा भैँसी पालनको अभियान चलाउन जरुरी रहेको बताए । अब राँगाको मासु चीन विक्री गर्नेतर्फ सरकार लागिरहेकाले भैँसी किनेर किसानलाई दिनुपर्ने र त्यसबाट दुग्धजन्य सामग्रीहरु पनि बढ्ने र यसमा नेपाल आत्मनिर्भर बन्नसक्ने बताए । यसले रोजगारी सिर्जना गर्नुका साथै स्वदेशमै युवा जनशक्ति राख्न सकिने बताए ।
लभप्रधानमन्त्री ओलीले मौलिक योजना बनाएर मौलिक ढंगले काम अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिए ।








