भारतको ७९औँ स्वतन्त्रता दिवसमा परराष्ट्रमन्त्री देउवाको शुभकामना- ‘नेपाल-भारत साझेदारीलाई उच्च महत्व दिएको छ’

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्ना भारतीय समकक्षी डा. एस जयशङ्करलाई सम्बोधन गर्दै मन्त्री देउवाले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताएकी हुन् ।

उनले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन् । आफ्नो शुभकामना सन्देशमा उनले लेखेकी छन्, ‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् ।’

नेपाल र भारतबीच उच्चस्तरमा हुने यस्ता शुभकामना आदानप्रदानले दुई देशबीचको कूटनीतिक र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिन्छ । भारतले शुक्रबार आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाउँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =