नेपाल माउण्टेनियरिङ एशोसिएशनको नेतृत्वका लागि कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल माउण्टेनियरिङ एशोसिएशनको अध्यक्षमा कुलबहादुर गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुरुङको नेतृत्व रहने गरी टिमले उम्मेदवारी घोषणा गरेको हो ।

आफूहरुको टोलीले सुरक्षित आरोहण, स्वच्छ हिमाल, सशक्त समुदाय, जलवायु न्याय, पारदर्शी नेतृत्व, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाली पर्यटनको अग्रणी भुमिका सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित उम्मेदवारी घोषणा गरेको बताए ।

उनले आफू नेतृत्वमा आए आरोहण र पदयात्रामा उच्चम सुरक्षा मापदण्ड कायम गर्दै हेलि रेस्क्युमा पारदर्शी नियमन र दुरुपयोग नियन्त्रण गर्ने, एभरेष्ट तथा अन्य ८ हजार मिटर भन्दा माथिका शिखरका लागि आचारसंहिता लागू गर्ने, पर्वतारोहण सुरक्षा ऐन अद्यावधिक गरी आधुनिक आवश्यकताअनुसार नीति सुधार गर्ने बताए । हिमाल संरक्षण र जलवायु कुटनीति, स्थानीय समुदायको सशक्तिकरण र आर्थिक समृद्धिका लागि लड्ने बताए ।

उनले संस्थागत पारदर्शिता र प्रभावकारी सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय प्रवद्र्धन र कुटनीतिक नेतृत्वका लागि पहल गर्ने प्रीतवद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =