संघीयता, लोकतन्त्र र गणतन्त्र अझै खतरामुक्त भइसकेका छैनन् : अध्यक्ष राई
२०८२ साउन २९ गते

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संघीयता, लोकतन्त्र र गणतन्त्र अझै खतरामुक्त भइनसकेको बताएका छन् ।
बिहीवार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा अहिले पनि संघीय लोकतान्त्रि गणतन्त्रमाथि प्रहार गर्ने कोशिस भइरहेको बताएका हुन् ।
उनले गणतन्त्रमाथि धावा बोल्ने प्रवित्तको अन्त्य गर्दै व्यवस्थाको सुदृढिकरणका लागि आवश्यक सुधारका कामहरु गर्न जरुरी रहेको बताए ।
उनले सबै समुदायलाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउँदै वर्तमान व्यवस्था र संघीयतालाई सुरक्षित गर्नुपर्नेमा जोड दिए ।
उनले जनता समाजवादी पार्टी विचार मिल्ने सबै राजनीतिक दलहरुसँग पार्टी एकता र कार्यगत एकता गर्न तयार रहेको पनि बताए ।
२०८२ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








