रास्वपाको दाबीः दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहनुभएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् । उनकाअनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ ।

बिहीवार पार्टी प्रवेश गर्नेहरु सशस्त्र प्रहरी बल, नेपालका डिआइजी भइ सेवानिवृत्त भएका दुर्गा भट्टराई, सशस्त्र प्रहरी बलमै रहेर सेवा निवृत्त भएका विश्वेश्वर थापा रास्वपामा प्रवेश गरेको बताए ।

त्यस्तै शोभा जोशी, मिन्तिरा लामा र नेपाली सेनामा कर्नेल भइ काम गरिसकेका डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरेको बताए ।

उनले भने– ‘सशस्त्र प्रहरीको डिआईजीको रुपमा काम गरिसक्नुभएका दुर्गा भट्टराई, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न हुनुभएको छ । सदस्यता लिइसक्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपालको डिआईजीको रुपमा काम गरेर रिटायर हुनुभएको हो । यो मिसनमा सक्रिय रुपमा लाग्ने घोषणा गर्नुभएको छ । एसएसपी विश्वेश्वर थापा, सशस्त्र प्रहरी बलकै रिटायर हुनुहुन्छ । अन्तर्राष्ट्रिय लायन्स क्लवका पूर्वगभर्नर रहनुभएको छ, शोभा जोशीले पनि हाम्रो पार्टीमा जोडिनुभएको छ । अहिले हामी कहाँ दैनिक रुपमा हजार जना भन्दा बढीले सदस्यता लिइरहनुभएको छ । मिन्तिरा लामा पनि जोडिनुभएको छ । रिटायर्ड कर्नेस साव डा. प्रद्युम्न पौडेल हुनुहुन्छ । ललितबहादुर श्रेष्ठ हुनुहुन्छ ।’

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =