प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता (तस्बिरहरू)
२०८२ साउन २९ गते

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन् ।
चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।
मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








