प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयो : प्रचण्ड (भिडिओ)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको बताए ।

उनले प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ । आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियाली रहेको र आफूले सदनमा बोलेको भन्दा फरक नरहेको बताए ।

उनले भने ‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ । टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ । त्यो बेठिक छ ।’

टियुलाई मात्रै इस्यु बनाएर प्रधानमन्त्री आफूमाथि उत्रिएको र बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =