वैकल्पिक वित्त कोषले आफैँ आयोजनाहरू सञ्चालन गर्नसक्छ : अर्थसचिव

काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले सरकारले बनाउन थालेको वैकल्पिक वित्त व्यवस्थापन सम्बन्धी कोषले आफैँ आयोजनाहरू सञ्चालन गर्नसक्ने बताएका छन् ।

बिहीबार संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले वैकल्पिक वित्त कोषलाई आफ्नै स्रोतबाट आयोजना सञ्चालन गर्न, प्राजेक्टअनुसार रकम जुटाउनसक्ने सम्मको कानुनी प्रबन्ध गर्न प्रस्ताव गरिएको बताए ।

उनकाअनुसार वैकल्पिक कोषले आफ्नो भएको स्रोतबाट ऋण परिचालन समेत गर्न सक्नेछ भने अन्य अन्तर्राष्ट्रिय कोषबाट जमानत लिएर भएपनि स्रोत परिचालन गर्न सक्नेछ । यसको दायरालाई वृहत् रूपमा सोचिएको उनको भनाई छ ।

अर्थसचिव उपाध्यायले भने ‘वैकल्पिक वित्त कोषले आफ्नै स्रोतबाट आयोजनाहरू सञ्चालन गर्नसक्छ । कोषले प्रोजेक्टबाट पब्लिक बेस रकम संकलन गरेर आयोजना सञ्चालनको व्यवस्था मिलाउन पनि सक्छ । कोषले आफ्नो भएको स्रोतबाट ऋण परिचालन गर्नपनि सक्छ । अन्य अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि, जमानत लिएर भएपनि स्रोत परिचालन गर्न सक्नेछ । यो एउटा फाइनान्शियल विग प्रोजेक्टहरूमा मात्र आफैँ अल्टरनेटिभ फाइनाशियल प्रोसेसबाट जाने हो । उपयुक्त देखिएका प्रोजेक्टमा सेयर खरिद गरेर स्वः पुँजी परिचालन गर्ने, ऋण दिने काम गर्नेछ ।’

उनकाअनुसार कोषको अहिलेको पुँजी संरचना १ अर्बको छ । यो पुँजीको संरचनामा भविष्यमा सरकारको लगानी घटाउँदै जाने र पुँजीको संरचना बढाउँदै जाने सोच छ । यो कोषले ऋण दिँदा अवलम्बन गर्नुपर्ने विधिहरू गर्नैपर्छ । आफ्नो स्रोतलाई सुरक्षित राख्नका लागि प्रोजेक्टलाई जमानतमा लिनसक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =