कारागार सुधारका लागि सरकारले चालेका कदम पर्याप्त छैनन् : नारायणप्रकाश साउद

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले देशभरका कारागारहरूको अवस्था सुधार गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद साउदले यस्तो बताएका हुन् ।

नेपाल सरकारले कारागार व्यवस्थापनका लागि केही सुधारात्मक कार्यक्रम ल्याएको भएपनि प्रभावकारी नदेखिएको उनको भनाइ छ । उनले कारागारलाई दण्डको थलो मात्र नभई सुधार र पुनः स्थापनाको केन्द्रको रूपमा हेर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई अंगिकार गर्नुपर्ने धारणा राखे ।

उनले संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय न्यायालयले कैदिबन्दीलाई यातनारहित वातावरण, न्यायोचित व्यवहार, स्वास्थ्य, शिक्षा र पुनः स्थापनको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उक्त विषय कार्यान्वयनका लागि सरकार बाध्य र प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘नेपाल सरकारले केही सुधारात्मक कार्यक्रम ल्याएपनि ती प्रभावकारी देखिएका छैनन् । अन्तर्राष्ट्रिय अभ्यासमा कारागारलाई दण्डको मात्र थलो नभई सुधार र पुनः स्थापनको केन्द्रको रूपमा हेर्ने प्रचलन छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयको मापदण्डअनुसार तथा अन्तर्राष्ट्रिय न्यायालयले कैदिबन्दीलाई यातनारहित वातावरण, न्यायोचित व्यवहार, स्वास्थ्य, शिक्षा र पुनः स्थापनको अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल यीमध्ये धेरै सन्धिहरूको पक्षराष्ट्र भएकोले कानुनी रूपमा प्रतिबद्ध र बाध्य छ ।’

कारागार ऐनमा व्यवस्था भएअनुरुप आवश्यक पूर्वाधार निर्माणमा जोड दिन सांसद साउदले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =