रामहरि खतिवडाले राजीनामा दिएर मात्र पुग्दैन, कानुनी कारबाही होस् : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रवबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाल राजीनामा दिएर मात्र नपुग्ने बताए । उनले भिजिट भिसा दुरुपयोगबारे सरकारले कुनै चासो नदेखाएको आरोप लगाए ।

उनले भिजिट भिसामा गएमा रोजगारी पाइन्छ भनेर जनतामा भ्रम छरेर तस्करी गर्नेहरुलाई कानूनी कारबाही गर्न माग समेत गरे ।

उनले भिजिट भिसाको दुरुपयोग गर्नेलाई कारबाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरे ।

उनले भिजिट भिसा प्ररणको निष्पक्ष छानविन नभएसम्म आफ्नो पार्टीले संसल बहिस्कार गर्दै जाने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =