उपत्यकाका नदीमा शुद्धता ल्याउने प्रयास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदीमा शुद्धता ल्याउनको लागि प्रयास भइरहेको बताएका छन् ।

काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बागमती, विष्णुमती लगायतका नदीलाई शुद्ध गर्नको लागि ढलको व्यवस्थापनको लागि बजेट पनि छुट्याइएको उनले जानकारी दिए । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष छनोटको काम भइरहेको जानकारी दिँदै उनले अध्यक्ष छनोटपछि बाँकी काम अगाडी बढाइने बताए ।

उनले यस वर्ष सिधै नदीमा गइरहेको ढल जाँच गर्नको लागी विशेष कार्यक्रम बनाएको जानकारी दिए । उनले नदीबाट निस्किने गन्ध रोक्ने गरी काम अगाडी बढाउने उल्लेख गरे । पहिला लेआउट गरिसकेको ढललाई काम लाग्ने गरी सञ्चालनमा ल्याउनको लागि प्राविधिक तरिकाले अगाडी बढी रहेको उनको भनाई छ । धोवीखोलामा, बागमती, विष्णुमती लगायत सबै खोलाहरूमा के गर्दा राम्रो हुन्छ, त्यहीअनुसार शुद्धता ल्याउनको लागी प्रयास भइरहेको उनको दाबी छ ।

उनले भने ‘यस पटकको बजेट, नीति तथा कार्यक्रममा यहाँका बागमती, विष्णुमती लगायतका नदीनालालाई शुद्ध गर्नको लागी ढलको व्यवस्थापन गर्नदेखि लिएर व्यवस्थापन गर्नको लागि हामीले विशेष गरेर बजेट पनि राखेको छु । खास गरेर अहिले चाहिँ तपाईँहरूले भन्नुभएको छ, बागमती सभ्यतादेखि लिएर विशेष संरचनाको लागी त्यहाँ अध्यक्ष र सिईओको लागि अहिले प्रतिस्पर्धाको काम भइरहेको छ । अब त्यसमा चाहिँ जाँच भइरहेको छ । हेरौँ त्यसमा चाहिँ अबको आउँछ, आइसकेपछि अनि यो बागमती सभ्यताको अहिले जुन कार्यक्रमहरू छ । त्यसलाई हामी अगाडी बढाउनेछौँ । र यसपटक मैले अरू केही गर्न नसके पनि यो जुन ढल नदीमा सिधै गइरहेको छ । त्यसलाई जाँच गर्नको लागि यस वर्ष विशेष कार्यक्रम बनाएको छु । पहिला लेआउट गरिसकेको जुन ढल छ, त्यसलाई चाहिँ काम लाग्ने गरिकन सञ्चालनमा ल्याउनको लागि के गर्नुपर्छ, प्राविधिक तरिकाले गरेर गन्ध चाहिँ रोक्नुपर्छ भन्ने कुरामा म अगाडी बढी रहेको छु । त्यहीअनुसार अहिले हामीले जोड दिइरहेका छौँ । धोवीखोलामा, बागमती, विष्णुमती लगायत सबै खोलाहरूमा के गर्दा राम्रो हुन्छ । शुद्धता ल्याउनको लागि प्रयास भइरहेको छ ।’

उनले काठमाडौँको समस्याकाकै रूपमा अव्यवस्थित बस्ती देखिँदै आएपनि यसलाई तत्काल हटाउन नसकिने बताए । यो अति संवेदनशील भएकोले इच्छा गर्दैमा सबै सुकुम्वासी हट्छ, भन्ने नसोच्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 12 =