प्रधानमन्त्री ओली चीन जाँदै, सी जिनपिङ र मोदीसँग वार्ता गर्ने
२०८२ साउन २९ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जाने भएका हुन् ।
सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदै छ । यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदै छन् । ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले बतायो ।
२०८२ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








