साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसक्यो : सुनिता बराल

काठमाडौँ । नेकपा एमाले सचेतक सुनिता बरालले साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको बताएकी छन् ।
बुधवार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले उपयुक्त समयमा सरकारले विधेयक पेस गरेको बताए । सूचना प्रविधि, साइबर सुरक्षा, व्यक्तिगत विवरण र संवेदनशीलताका विभिन्न विषयहरू उल्लेख गरिएको भएपनि यसलाई अझ बढी परिभाषामा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्बन गर्नेकुरामा थप परिष्कृत गर्नुपर्ने बताइन् । उनले विद्युतीय अभिलेख राख्ने कुरालाई कानुनी मान्यता दिएको पनि बताइन् ।
सुरक्षित र भण्डारण गर्ने भनेपनि डाटा मेटाउने र संशोधनको अधिकार व्यक्तिमा नदिँदा व्यक्तिको सूचना प्रणालीलाई कति व्यवस्थित गर्न सकिन्छ रु भन्दै प्रश्न गरिन् ।
उनले भनिन् ‘साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको छ । त्यसकारणले उपयुक्त समयमा सरकारले विधेयक पेस गरेको छ । सूचना प्रविधि, साइबर सुरक्षा, व्यक्तिगत विवरण र संवेदनशीलताका विभिन्न विषयहरू उल्लेख गरिएको भएपनि यसलाई अझ बढी परिभाषामा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्बन गर्नेकुरामा थप परिष्कृत गर्नुपर्ने मेरो बुझाइ छ ।’
सचेतक बरालले सुरक्षित हस्ताक्षर र डिजिटल हस्ताक्षरलाई मान्यता दिँदा विदेशीहरूले प्रमाणीकरण मान्यता दिँदा कसरी व्यवस्थित गर्ने रु भन्दै प्रश्न गरिन् ।








