भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने : प्रधानमन्त्री ओली
२०८२ साउन २८ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने जानकारी गराएका हुन् ।
‘हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दै छौँ । यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
२०८२ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








