एआईको जमानामा एकै पटक फड्को मार्न नेपालमा दक्ष जनशक्ति छैन : हितराज पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विकसित समाजमा एकै पटक फड्को मार्नसक्ने गरी काम गर्न नेपाली जनशक्ति पर्याप्त नरहेको बताएका छन् ।

बुधवार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल जस्तो धेरै पछि परेको समाजलाई एकै पटक एआईको युगमा फड्को मार्नसक्ने गरी काम गर्ने जनशक्ति नेपालमा नरहेको बताए । उनले त्यसका लागि विद्यालयस्तरदेखि विश्वविद्यालयस्तर सम्मको पाठ्यक्रममा कोर्सहरू सञ्चालन गर्न जरुरी देखिएको बताए । तर विधेयमा ती कुराहरू समावेश नै नभएको बताए ।

उनले भने ‘हाम्रो जस्तो असाध्यै पछाडि परेको समाज छ, त्यसलाई एकै चोटि एआईको असाध्यै विकसित समाजमा फड्को मार्नको लागि त जनशक्तिको आवश्यक पर्दछ । त्यसको लागि जनशक्तिलाई विद्यालयस्तरदेखि विश्वविद्यालयस्तर सम्मको पाठ्यक्रममा त्यसलाई समावेश गर्नुपर्छ । यो समस्याको हल गर्नेगरी विधेयक आउनुपर्ने थियो । त्यो विधेयकमा आएन । यो उच्च प्रविधिको विषयवस्तु आयो । सूचना प्रविधि उच्च प्रविधिको रूपमा आयो । तर हाम्रो निम्न प्रविधि जो हामी लेखेर आफैँ उपस्थित भएर गरेका कागजातको सुरक्षा कसरी गर्दछौँ । यो महत्त्वपूर्ण छ ।’

प्रमुख सचेतक पाण्डेले नेपाली भाषाको स्तरवृद्धि गर्नमा पनि विधेयकमा ध्यान दिन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =