देशमा ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन : सांसद सिंह

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरूको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

तीन ठुला राजनीतिक दलहरूका शीर्ष तीन नेताहरू ९केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल०का विरुद्धमा बोल्नै नहुने स्थिति आएको बताए । उनले तीन शीर्ष नेताहरूको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी हुने उनको टिप्पणी छ ।

उनले भने ‘अहिले तीन जनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन । तीन वटा ठुला पार्टीका जुन तीन टाउका छन् । बोल्यो भने त्यसलाई कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ । कति होलान्, होलान् । कोही रेशम चौधरी हुन्छ, कोही रवि लामिछाने हुन्छ । त्यसको दर्जनौँ फेहरिस्त गराउन सकिन्छ । साइबर सेक्युरिटीले त्यसमा एउटा इँटा थप्ने काम गर्दछ ।’

सरकार शिक्षा, सञ्चार, स्वास्थ्यको विकासमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =