जसपा सांसद झाको प्रश्नः कारागारभित्र हातहतियार कसरी जान्छ ?

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छन् ।

बुधवार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन् । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोवार भइरहेको उनको भनाई छ ।

कारगारभित्र खुलेआम रुपमा पैसाको लेनदेन, मादकपदार्थको विक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भिर भएको उनले बताइन् ।

उनले यसतर्फ गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराएकी छन् । ‘कारागारभित्र हातहतियार कसरी जान्छ ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौँ । सुरक्षा दिने निकाय छ, हामीसँग । प्रशासन छ, हामीसँग । तर भित्र चाँही पैसाको लेनदेन, मादक पदार्थको विक्री वितरण । त्यसपछि हातहतियार समेत पुगेको अवस्था । कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भिर हुन म आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।

उनले कारागारमा चौकीदार, नाईके, भाईनाईके जस्तो नेतृत्वमा पुग्नको लागी हिसांत्मक घटना हुने गरेको बताइन् ।

यस्तै उनले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताइन् । ७२ जिल्लामा ७५ वटा कारागार रहेको उल्लेख गर्दै उनले भक्तपुर, धनुषा, बारा, पुवी नवलपरासी र पुर्वी रुकुम गरी पाँच वटा जिल्लामा अझै कारगार नरहेको उल्लेख गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =