विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैन : सांसद नेम्वाङ

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् ।

बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए । उनले कारागारमा कैदीबन्दीलाई नै नाईके, भाईनाईके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानूनहरुको खोजी गरेको बताए ।

तर कुनैपनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाईके, भाईनाईके र चौकीदार राखिएको नपाईएको उनले जानकारी दिए । नेपालमा भने यसलाई कानूनी मान्यता नै दिएर राखिएको उनको भनाई छ ।

कारागार सम्बन्धी नियमावलीको दफा ५३ मा यसको व्यवस्था गरिएको उनले बताए । कानून बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उनले तर यसले विकृति ल्याएको बताए ।

नाईके, भाईनाईके चौकीदारहरूले कारकारभित्र सबैलाई दमन गरेर राख्ने गरेको पाइएको उनको भनाई छ । अझ उनीहरूलाई थप सेवा सुविधा समेत उपलब्ध गराइने गरेको पाइएकोले आफू अलिअलि आश्चर्यमा परेको पनि बताए ।

उनले भने, ‘जुन तरिकाको नाईके, भाईनाईके चौकीदारको कुरा छ । मैले विश्वको धेरै ठाँउहरुको रिसर्च गरे । कुनैपनि ठाउँमा कानून नै लेखेको चाहीँ छैन । तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ । हुनत कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला । उहाँको आसय के थियो होला त भन्दाखेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुन्छ है भनेर बनाउनुभएको होला । तर यसले एउटा विकृति ल्याएको छ । यहाँ नाईके, भाईनाईके चौकीदाहरुले यस्तो तरिकाले त्यहाँ भित्र दमन गरेर राखेको कुराहरू पनि हामीले सुन्नमा आएको छ । त्यही कारणले गर्दाखेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरूलाई हामीले निश्चित सेवा सुविधा दिइरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाए, त्यसले गर्दाखेरी म अलिअलि यसमा आश्चर्य छु ।’

उनले कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्नेमा जोड दिए । उनले कैलाली कारागारको घटना आकस्मिक रुपमा नभएको पनि बताए । त्यसअघि पनि त्यहाँको कारागारको सुरक्षा, व्यवस्थापनको बारेमा पटक पटक प्रश्न उठ्ने गरेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =