कैदीबन्दीहरुलाई सरकारले निःशुल्क कानूनी सहायता उपलब्ध गराएको छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कैदीबन्दीहरुलाई सरकारले निःशुल्क कानूनी सहायता उपलब्ध गराएको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कानून मन्त्रालयले निःशुल्क कानूनी सहायता कैदीबन्दीहरुले पाएका छन् की छैनन् भनेर मात्रै हेर्ने काम रहेको र त्यो सबैले पाएको जिकिर गरे ।

कानून सुधारका कामहरु पनि भइरहेको उनको भनाइ छ । कारागार अध्ययन, थुनुवा कोठाहरूको अध्ययन र कारागारमा रहेका बन्दीहरूको अवस्थाको सम्बन्धमा पनि अध्ययन प्रतिवेदनको सुझावअनुसार काम भइरहेको बताए ।

मन्त्री चौरसियाले भने, ‘कानून मन्त्रालयले हेर्ने भनेको निःशुल्क कानूनी सहायता कैदीबन्दीहरुले पाएका छन् की छैनन् भन्ने हो । त्यो पाएका छन् । कतिपय ठाउँमा सरकारले संघीय सरकारले पनि र जिल्ला जिल्लामा र अदालतमा पनि निःशुल्क कानूनी सहायता हुन्छ । मधेस सरकारले अलग किसिमबाट निःशुल्क कानूनी सहायता अधिकृत नियुक्ति गरेको छ । कानून सुधारका कुराहरू पनि उठेका छन् । कानून सुधारका कुरामा सांसदज्युहरुले कारागार अध्ययन, थुनुवा कोठाहरूको अध्ययन र कारागारमा रहेका बन्दीहरूको अवस्थाको सम्बन्धमा सभापतिजीकै अध्यक्षमा भएको बैठकबाट प्रतिवेदन दिनुभएको छ । कानून सुधारका कुराहरू अघि बढाएको छ ।’

मन्त्री चौरसियाले विवाहको उमेरको कारणले कारागारमा रहेका युवाहरूको विषयमा पनि कानूनमा सुधार गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =