इक्यानको पहलपछि रोकियो जेभियर कलेजले आयोजना गरेको एजुकेशन फेयर
२०८२ साउन २८ गते

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको अष्ट्रेलियन एजुकेशन फेयर रोकिएको छ ।
बिना अनुमति फेयर आयोजना गरिएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आपत्ति जनाएको थियो ।
इक्यानले उक्त फेयर गैरकानुनी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा औपचारिक पत्र पठाउँदै कारबाहीको माग गरेको थियो ।
विभागको निर्देशनपछि एजुकेशन फेयर रोकिएको इक्यानका अध्यक्ष शेषराज भट्टराईले मकालुखबरलाई जानकारी दिए ।
यो पनि पढ्नुहोस्ः जेभियर इन्टरनेशनल कलेजको एजुकेशन फेयर गैरकानुनी : इक्यान
२०८२ साउन २८ गते
प्रतिक्रिया
One thought on “इक्यानको पहलपछि रोकियो जेभियर कलेजले आयोजना गरेको एजुकेशन फेयर”
Leave a Reply Cancel reply
सम्बन्धित









एउटा मामुली कलेज जो नेकपा एमालेको छत्र छायामा पार्टीको दुरुपयोग गरेर दम्भ देखाएर आज खुलेआम शैक्षिक मेला आयोजना गर्यो । यो किन भयो भने शैक्षिक परामर्श दाता हरूको छाता सङ्गठन दर्बिलो र राज्य निरीहको फाइदाको कारण ।
लोक बहादुर भण्डारी पार्टीको आडमा स्काउटका पनि विवादित पात्र हुन् जो पछाडि बसेर पूरै स्काउट चलाइरहेका छन् । उनको शक्ति केही हात सम्म आज गिरेको छ ।
र अर्को कुरा बोलायो भन्दैमा त्या जाने अस्ट्रेलियन युनिभर्सिटीलाई नेपाल बाट अब बहिस्कार गरौँ ।
सम्मानित नेपालका मिडियाहरुलाई यो विषयलाई हदै सम्म निस्तेज पार्ने गरी अगाडी बढिदिन हुन अनुरोध गर्दछु ।