जेभियर इन्टरनेशनल कलेजको एजुकेशन फेयर रोक्न इक्यानले पठायो विभागलाई पत्र

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले स्वीकृति नलिई आयोजना गरिएको शैक्षिक मेला रोक्न आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्र पठाएको छ ।
इक्यानले विभागलाई पत्र पठाउँदै जेभियर इन्टरनेशनल कलेजमा भइरहेको एजुकेशन फेयर रोक्न पत्र पठाएको हो ।
जेभियर इन्टरनेशनल कलेजको आयोजनामा आजदेखि काठमाडौँमा मेला सञ्चालन भइरहेको उल्लेख गर्दै, यस्तो कार्यक्रम रोक्न विभागलाई आग्रह गरिएको छ ।
ईक्यानका अनुसार, केही संस्था वा व्यक्तिहरूले अनुमति नलिई शैक्षिक मेला सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
यस्ता मेलाहरूले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रतिकूल प्रभाव पार्ने भन्दै इक्यानले सचेत गराएको हो ।
ईक्यानका अध्यक्ष शेषराज भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यस प्रकारका मेलाले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रभाव पार्न सक्ने भएकाले तत्काल प्रभावबाट रोकथाम तथा आवश्यक कारबाहीका लागि अनुरोध गर्दछौँ ।’
शिक्षा क्षेत्रको व्यवस्थित सञ्चालन, उपभोक्ता संरक्षण र कानुनी व्यवस्थाको पालनामा विभागको सक्रिय भूमिका रहनुपर्ने उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्ः जेभियर इन्टरनेशनल कलेजको एजुकेशन फेयर गैरकानुनी : इक्यान








