जेभियर इन्टरनेशनल कलेजको एजुकेशन फेयर गैरकानुनी : इक्यान

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले वैदेशिक अध्ययन सम्बन्धी परामर्श सेवा बिना अनुमति संचालन भइरहेको भन्दै आपत्ति जनाएको छ ।

जेभियर इन्टरनेशनल कलेजले अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गरेपछि इक्यानले यस्तो कार्यक्रम गैरकानुनी रहेको दाबी गरेको हो ।

‘विदेश अध्ययन सम्बन्धी काउन्सेलिङ तथा म्यानेजमेन्टको कार्यमात्रै वैध इजाजत (लाइसेन्स) प्राप्त शैक्षिक परामर्शदाताहरूले गर्न पाउने प्रावधान छ,’ इक्यानले भनेको छ, ‘कुनै पनि कलेज वा अन्य संस्थाले सो कार्य अनुमति बिना सञ्चालन गर्नु पूर्णरूपमा गैरकानुनी हो ।’

इक्यानले सो कार्यक्रमलाई विद्यार्थीको भविष्यसँग खेलवाड भएको भन्दै चासो व्यक्त गरेको छ । उसले शिक्षा मन्त्रालय, नेपाल प्रहरी, र नियामक निकायहरूसँग यस्तो अवैध गतिविधिमा संलग्नहरूमाथि कडाइका साथ कारबाही गर्न आग्रह गरेको छ ।

‘विद्यार्थीहरूको अधिकार र भविष्यसँग खेलवाड गर्नु पूर्ण रूपमा गलत र गैरकानुनी छ,’ इक्यानले भनेको छ, ‘यदि ती कलेजहरूसँग educational consultancy license छैन भने यस्तो अवैध काम कसरी सम्भव छ ?’

इक्यानले शिक्षा क्षेत्रका संघसंस्थाहरू, विशेषतः PABSON र HISSAN लाई पनि यस्ता गतिविधिबाट शिक्षाको मर्यादा गिराउने कार्य रोक्न चनाखो हुन आग्रह गरेको छ ।

इक्यानले नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय शैक्षिक प्रदायक संस्थाहरूलाई यस्ता कार्यक्रमहरूमा सहभागी नहुन अनुरोध गरेको छ । ‘नेपालमा लाइसेन्स नभएका कुनै पनि संस्था वा व्यक्तिसँग सहकार्य गर्नु गैरकानुनी हो,’ इक्यानले स्पष्ट पारेको छ ।

इक्यानले वैदेशिक अध्ययनसम्बन्धी सेवा प्रदान गर्ने अधिकार केवल कानुनी रुपमा दर्ता भई इजाजतपत्र प्राप्त परामर्शदाताहरूलाई मात्र हुनुपर्ने बताएको छ ।

यता, जेभियर इन्टरनेशनल कलेजका सञ्चालक लोक बहादुर भण्डारीले कलेजभित्र चलाएको कार्यक्रम गैर कानुनी नहुने बताए । उनले विद्यार्थीहरूलाई ठगिनबाट बचाउन काउन्सिलिङ गरिएको बताए ।

आफ्ना विद्यार्थीलाई ठगिनबाट बचाउन गरिएको कार्यक्रम गैर कानुनी नहुने बताए । ‘उनीहरूले कन्सल्टेन्सीमा विद्यार्थी लगेर कुरा गर्दा हुने, तर हामीले हाम्रा विद्यार्थीलाई कलेजमै काउन्सिलिङ गर्दा कसरी ठगी हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले कलेज प्रशासनभित्र गरिने कार्यक्रममा कुनै लाइसेन्स लिन नपर्ने बताए । उनले इक्यान लगायतका संस्थाले एउटा कोठामा लगेर विद्यार्थी झुक्क्याउने गरेको तर, आफूले भने कलेजमै विद्यार्थीलाई ठगिनबाट बचाउन खोजेको प्रतिक्रिया दिए ।

उनले इक्यानले जेभियर इन्टरनेशनल कलेजलाई नियमन र नियन्त्रण गर्न नमिल्ने बताए । ‘इक्यानले मेरो कलेजलाई नियन्त्रण गर्न पाउँछ ?’ उनले भने, ‘उनीहरूले एउटा कोठामा लगेर विद्यार्थीलाई ठगिरहेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =