निकिताको प्रश्न- श्रीमान् भेट्न घरबाट निस्कँदा पिछा गरिन्छ, यो कस्तो न्याय प्रणाली हो ?

काठमाडौं । जिल्ला कारागार रुपन्देहीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले न्याय सम्पादन प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै प्रधानन्यायाधीश, न्यायाधीश र गृहमन्त्रीलाई लाई खुला प्रश्न गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक आक्रोशपूर्ण स्टाटस लेख्दै उनले आफ्नो श्रीमानको पक्राउदेखि अदालतको आदेशसम्मका प्रक्रियामाथि प्रश्न उठाएकी हुन् ।

पौडेलले आफ्नो श्रीमानलाई थुनामा पठाउने आदेश भए पनि अदालतको निर्देशन रित्तो भएको भन्दै त्यसको जवाफदेहिता खोजेकी छन् । उनले लेखेकी छन्, ‘श्रीमान्को हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईंको निर्देशनमा रीत चल्दैन, किन ? अदालतको मुद्दाको पेसी चढेपछि तपाईंको निर्देशन तपाईंले मान्छेबाट न्यायिक परिक्षणमा उजुरी पर्छ, तपाईंको कार्यक्रमा बन्च उजुरीको ड्राफ्ट, कसरी ?’

उनले आफ्नो कोठामा तयार गरेर लिक गरिएको आदेशको आधारमा आफ्नो श्रीमानलाई सञ्चारमाध्यमले समातेको, मोबाइल खोसिएको र आफूलाई पनि अदालतमा बोलाइएको भन्दै न्याय प्रक्रियाको निष्पक्षतामाथि शंका व्यक्त गरेकी छन् । उनले आफ्नो घर र गाडीमा समेत खानतलासी गरिएको र श्रीमान् भेट्न घरबाट निस्कँदा समेत पिछा गरिएको गुनासो गरेकी छन् ।

पौडेलले प्रधानन्यायाधीश, प्रधानमन्त्री र कानुनमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै अब कसमाथि विश्वास गर्ने भनी सोधेकी छन् । उनले न्याय किनबेच भएको र अदालतमा सेटिङ चल्ने गरेको सुनेको भन्दै निराशा व्यक्त गरेकी छन् ।

  • हेर्नुहोस् पूरा स्टाटस :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 19 =