मिनी-संसदमा आज एकैदिन चार बैठक, कानुन समितिमा गृहमन्त्री जाने

काठमाडौँ । संघीय संसदका विभिन्न चार महत्त्वपूर्ण समितिहरूको बैठक आज बस्दैछ । कैलाली कारागारको गम्भीर घटनादेखि महत्त्वपूर्ण विधेयक र महालेखापरीक्षकको प्रतिवेदनसम्मका विषयहरू आजको छलफलको प्राथमिकतामा परेका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको छ, जसको मुख्य कार्यसूची कैलाली कारागारमा घटेको घटना रहेको छ । समितिले उक्त घटनाका सम्बन्धमा गृहमन्त्रीसँग छलफल गर्नेछ ।

यसैगरी, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई अगाडि बढाइनेछ ।

बिहान १० बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुने तय भएको छ ।

त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान १० बजेका लागि बोलाइएको छ । समितिले महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजु र अन्य विषयहरूमाथि छलफल गर्ने महत्त्वपूर्ण कार्यसूची राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =