केही मानिस काँग्रेस संसदीय दलको नेता फेरेर सरकार ढाल्ने कुरा सुनाउन आए : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएको बताएका छन् ।
काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार कुन बेला ढल्छ भन्ने नसोचि काम गर्न निर्देशन दिए ।
विगतमा कहिले सरकार ढल्ने भन्ने चिन्ता हुने गरे पनि यो सरकार ०८४ सम्मै जाने दाबी गरे । अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै फेरिने र केही मन्त्रीहरु फेरिने बताए ।
दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला राजनीतिक दलहरु सरकारमा रहेकाले ढुक्क भएर काम गर्न आग्रह गरे ।
आफूलाई केही मानिसले काँग्रेसभित्र ठूलो समस्या भयो, संसदीय दलको नेता फेर्न १२ जनाको अभाव रहेको १२ जना पु¥याएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको भन्ने गरेको भन्दै यस्ता कुराहरुले कान टट्याइसकेको बताए ।
प्रधानमन्त्री ओलीले बाँकी पूरा कार्यकाल काँग्रेस—एमालेको सरकार रहने बताए ।








