व्रह्माण्डमा अभौतिकको अस्तित्व हुँदैन : वामदेव गौतम

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का वरिष्ठ नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले व्रह्माण्डमा अभौतिकको अस्तित्व नै नहुने बताएका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभामा पेश लागिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ को विरोध गर्दै उनले संसारमा अभौतिक भन्ने हुँदैन भएको जिकिर गरे ।

अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको नामबाट विधेयक आएको भन्दै उनले यसको भाषा सच्याउन आग्रह गरे । व्रह्माण्डमा रहेका सबैको अस्तित्व क्रियाशिल र भौतिक पदार्थमा मात्र आधारित हुने उनको भनाई छ ।

व्रह्माण्डमा भौतिक पदार्थ मात्र रहेको उल्लेख गर्दै उनले व्रह्माण्डमा अभौतिकको अस्तित्व नहुने र अभौतिक संस्कृति भन्ने पनि हुन नसक्ने उनको जिकिर छ । यो विद्येयकलाई सबै प्रकारका सांस्कृतिक पक्षहरुको पहिचान कायम गर्न र संरक्षणको प्रयत्न गर्ने हुने उनको सुझाव छ ।

उनले क्वान्टम भौतिकी र त्यसको सिद्धान्त बैज्ञानिकहरुले अगाडी सारिसकेपछि अभौतिक भन्ने सन्दर्भ नै आवश्यकता विहीन भइसकेको दाबी गरे । उनकाअनुसार क्वान्टम भनेको वेभ, वेभ भनेको विद्युतीय प्रवाह हो । विद्युतीय प्रवाह पनि भौतिक पदार्थको एउटा रुप हो ।

व्रमाण्ड एउटा मात्रै रहेको र यसमा भौतिक पदार्थ मात्रै भएको उनले बताए । भौतिक पदार्थ निरन्तर परिवर्तन र विकशील अवस्थामा हुने उनको भनाई छ । ठोस, तरल, हावा, पानी, ताप, गुरुत्वाकर्षण, चुम्बक, ग्यास, ज्ञान, विज्ञान, नाच, गीत सबै निरन्तर परिवर्तनको अवस्थामा रहेका र यनीहरु सबै भौतिक पदार्थका परिवर्तित रुपहरु भएको उनको भनाई छ ।

उनले अभौतिक संस्कृति क्वान्टम सिद्धान्त विकास भन्दा पहिलाको भ्रम मात्रै भएको बताए । भ्रम बोकेर भ्रम छरिरहेको उल्लेख गर्दै उनले भ्रम छरेर असत्यको प्रचार मात्रै गरिरहेको दाबी गरे ।

अभौतिक सांस्कृतिक संम्पदा भन्नु गलत हुने उनको भनाई छ । अभौतिक सांस्कृतिक भन्नुको सट्टा परम्परागत सांस्कृतिक संम्पदाहरुको संरक्षण गर्ने सम्बन्धमा लेखिनु उपयुक्त हुने उनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =