जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित नहोस् : वनमन्त्री

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित हुन नहुने बताएका छन् ।

ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिबद्ध रहेको बताए ।

त्यसका लागि प्रयास र प्रक्रिया अघि बढिरहेको बताए । युवाहरूको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबिचको साझेदारी निर्माण गर्न हामी लागिरहेको बताए ।

उनले भने ‘वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिबद्ध छौँ । त्यसको प्रयास र प्रक्रियाहरू भइरहेको छ । युवाहरूको नवप्रवर्तनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबिचको साझेदारी निर्माण गर्न हामी लागिरहेका छौँ । आजका युवाहरू भोलिका नेताहरू मात्र होइनन्, आज नै नेतृत्व गरिरहेको महसुस गरेको छु । युवाहरूको विचार, ऊर्जा र शाहसले नेपालको हरित न्यायपूर्ण र समावेशी भविष्यतर्फको यात्रा सुचारु भएको छ । आउनुस्, हामी मिलेर काम गरौँ । जलवायु न्याय र मानव अधिकारको यात्रामा कुनै आवाज उपेक्षित नहोस्, कुनै आवाज खेर नजाओस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =