राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दिए राजीनामा
२०८२ साउन २७ गते

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
मंगलबारको संसद बैठकमा सम्बोधन गर्दै खतिवडाले समितिको सभापति पदबाट राजीनामा घोषणा गरेका हुन् ।
उनले संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका हुन् ।
खतिवडा नेपाली कांग्रेसका सांसद हुन् । उनले समितिको सभापतिमा रहँदै विभिन्न विधेयक तथा नीति निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेका थिए ।
२०८२ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








