जनतालाई सहज सेवा प्रवाह सरकारको दायित्व : प्रधानमन्त्री
२०८२ साउन २७ गते

काठमाडौं । राष्ट्रिय शतर्कता केन्द्रको २४ औँ स्थापना दिवस मनाइएको छ ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केन्द्रको स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकङ्क्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए ।
२०८२ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








