युवाहरूलाई रोजगारी सिर्जना सरकारको प्राथमिकता : खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उनले युवामैत्री लगानीको वातावरण, नवप्रर्वद्धन र उद्यमशीलतालाई प्रर्वद्धन गर्ने नीति र कानूनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन सरकार प्रयासरत रहेको पनि बताए ।

कुल जनसंख्याको करिव ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले कठिन परिस्थितिमा पनि नवप्रर्वद्धनप्रति रुची देखाएको उनको भनाई छ ।

महामारीका चुनौती, प्राकृतिक प्रकोपको समयमा जलवायु परिवर्तनको विरोधमा चेतनामुलक अभियान, प्रविधि आधारित नयाँ अविस्कार लगायतका विषयमा युवाहरुको संकल्प, सहभागिता उच्च सम्मानयोग्य रहेको उनले बताए ।

नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठूला ठूला परिवर्तन भएको उल्लेख गर्नुहुँदै उनले युवाहरु इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक रहेको बताए ।

सरकारले ‘समृद्ध राष्ट्र निर्माणको लागी स्वस्थ, कर्मठ र उद्यमी युवा हुनुपर्छ’भन्ने मूल मन्त्र आत्मसाथ गरेको पनि बताए । समृद्ध देश निर्माण र युवा जनशक्ति परिचालनको लागी सबैको सहकार्य आवश्यक रहेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =