राष्ट्रिय न्याय प्रणालीले प्रभावकारी काम गर्न सकेन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
२०८२ साउन २७ गते

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रभावकारी कानूनी शासनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय न्याय प्रणालीलाई एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।
नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय न्याय प्रणाली र अन्तर्राष्ट्रिय न्याय प्रणाली एकआपसमा जोडेर काम काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए ।
नेशनल ‘रुल अफ ल’लाई मात्र बढावा दिए देशबाहिर हुने गरेका गतिविधिहरुबारे उपयुक्त धारणा बनाउन नसकिने उनको भनाइ छ ।
उनले अन्तर्राष्ट्रिय कानूनी संरचनासँग तालमेल नगरी राष्ट्रिय न्याय प्रणालीले प्रभावकारी काम गर्न नसक्ने बताए ।
अन्तर्राष्ट्रिय समुदायसँग भएका सन्धि सम्झौताबाट लाग लिन समेत अन्तर्राष्ट्रिय कानूनी शासन प्रणाली अवलम्वन गर्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।
२०८२ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित








