नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहितको मुद्दामा आज सुनुवाइ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीहरूमाथि आज सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो ।
यो बहुचर्चित प्रकरणमा रायमाझी र खाणसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डे लगायत ३६ जना प्रतिवादी रहेका छन् । उनीहरू हाल थुनामा रहेका छन् ।
प्रतिवादीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ ।
मुद्दामा संलग्न रहेका उच्चपदस्थ व्यक्तिहरुको संलग्नता र यसले पारेको प्रभावका कारण यो मुद्दा हाल देशकै ध्यानाकर्षण गर्ने संवेदनशील मामिलाका रूपमा हेरिएको छ ।
यसअघि अदालतले आरोप पुष्टि हुने आधार बलियो देखिएको भन्दै प्रमुख प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
आजको सुनुवाइमा अभियोजन पक्ष र प्रतिवादी पक्षबीच कानून अनुसार बहस अघि बढ्ने अपेक्षा गरिएको छ ।








