कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशील बनाउन आवश्यक : सभापति थापा (भिडिओ)

ललितपुर । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशील बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले त्यसका लागि तीन आधारस्तम्भहरू: राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, र सामूहिक अपनत्व हुन आवश्यक रहेको बताइन् । यसलाई आधार बनाएर प्राथमिकताको आधारमा पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्ने उनले बताइन् । नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवर्तन र शिक्षा अनिवार्य रहेको उनले बताइन् । व्यावसायिकता तथा कृषि शिक्षाका अवसरमा विस्तार गर्न जरुरी रहेको पनि उनले बताइन् ।

उनले भनिन्, ‘नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवर्तन र शिक्षा अनिवार्य छ । हाल ग्रामीण क्षेत्रमध्ये पाँच प्रतिशतभन्दा कमले मात्रै औपचारिक कृषि तालिम पाएका छन् । यद्यपि युवा बेरोजगारी दर १९ प्रतिशतभन्दा माथि छ । यसले गर्दा हामीले केही कार्यहरूमा थप प्राथमिकता दिनुपर्नेछ । व्यावसायिकता तथा कृषि शिक्षाका अवसरमा विस्तार गर्नुपर्छ । कृषि पाठ्यक्रममा जलवायु सहनशीलता र उद्यमशीलतासम्बन्धी विषय समावेश, सफल नवप्रवर्तनको विस्तार जस्तै: सयभन्दा बढी सामुदायिक बीउ बैंकहरू, जसले स्वदेशी जाति संरक्षण गरेका छन्, र सौर्य सिँचाइ प्रणाली, जसले परीक्षण क्षेत्रमा उत्पादन क्षमता २० प्रतिशतसम्म बढाएको छ, यस्ता नवीनतम कार्यको लागि थप सहयोग गर्नुपर्ने देखिन्छ । नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशील बनाउन आवश्यक तीन आधारस्तम्भहरू राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, र सामूहिक अपनत्व हुन् । यसलाई आधार बनाएर हामीले प्राथमिकताको आधारमा हाम्रो पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्दछ ।’

सभापति थापाले नेपालको संसदले समावेशी र किसानमैत्री कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्न आवश्यक रहेको पनि उनले बताइन् । अहिले पनि नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =