कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

लम्कीचुहा–१ थपालीपुरका ९ वर्षीय रोशन बोहोरा आज दिउँसो गर्मी छल्न तीन जना साथीहरूसँग नुहाउन गएका बेला खोलामा डुबेका थिए ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार खोलामै डुबेर बालकको घटनास्थलमै ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =