पाकिस्तानमा पहिरो : गिलगिटमा आठ जनाको मृत्यु, चार घाइते
२०८२ साउन २६ गते

इस्लामाबाद । पाकिस्तानको गिलगिट जिल्लामा सोमबार गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
स्थानीय प्रहरीले जनाएअनुसार गिलगिट–बाल्टिस्तानको डान्योर क्षेत्रमा बाढीले क्षति पुर्याएको खोलाको संरचना मर्मत गरिरहेका स्वयंसेवकहरू पहिरोको चपेटामा परेका हुन् ।
पहिरोमा पुरिएर मृत्यु भएका आठ जनाको शव र चार घाइतेलाई उद्धार टोलीले भग्नावशेषबाट निकालेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अझै केही व्यक्ति हराइरहेका आशंकामा खोजी कार्य जारी छ । सुरक्षाका लागि पहिरो प्रभावित क्षेत्रमा सर्वसाधारणलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।
गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
२०८२ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित








