मुद्दा हार-जितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त हुँदैन : सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुद्दाको हारजितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने बताएकी छन् ।

सोमवार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले आर्थिक अभावको कारणले धेरै नागरिकहरूले न्याय नपाएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका व्यक्तिको मुद्दा लड्दा जितेको खण्डमा कानुन व्यवसायीले पारिश्रमिक पाउने व्यवस्था गर्नुपर्ने बताइन् । असहाय नागरिकका लागि मुद्दा जितेपछि मात्र पारिश्रमिक दिने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने उनको धारणा छ ।

उनले भनिन् ‘धेरै मान्छेहरू आफ्नो मुद्दा लड्नको लागि कानुन व्यवसायी नपाएर एकदम दुःखमा हुनुहुन्छ । कानुन व्यवसायीहरूले आफ्नो पारिश्रमिकको विषय अगाडि नै स्पष्ट गर्नुहुन्छ । पारिश्रमिक नआउने अवस्था आएपछि कानुन व्यवसायीले पनि त्यस्तो मुद्दा नलडौँ जस्तो व्यवहार गर्नुहुन्छ । अन्यायमा परेको मान्छेले कानुन व्यवसायीको साथ पाएको स्थिति छैन । मुद्दाको हारजितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक तय हुने कुरा उपयुक्त छैन । तर मुद्दा लड्दा पारिश्रमिक दिन सक्ने अवस्था नरहेको खण्डमा कानुन व्यवसायीले त्यस्तो मुद्दा जितेको खण्डमा पारिश्रमिक दिन सकिने व्यवस्था राख्न सकिन्छ ।’

न्याय प्राप्तिमा समान पहुँच सुनिश्चित गर्नका लागि कानुनी सुधार आवश्यक रहेको रहेकोले विधेयकलाई थप समृद्ध बनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =