रुपन्देही अदालतमा रवि लामिछानेको निवेदनमाथि सुनुवाइ, सापकोटाको इजलासमा पेशी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनमाथि आज सोमबार रुपन्देही जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश नारायण सापकोटाको इजलासमा पेशी तोकिएको हो ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा लामिछानेलाई अदालतले अघिल्लो चरणमा एक करोड रुपैयाँ धरौटी माग गर्दै थुनामा पठाएको थियो ।

न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले धरौटी आदेश दिएको थियो, जसपछि उनी उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पुगेका थिए । उक्त अदालतले पनि धरौटी आदेश सदर गरेपछि लामिछाने गत वर्ष चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

सो आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा समेत पुनरावलोकनको लागि ७३ नम्बरकाे निवेदन दिएका थिए । तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

हाल लामिछानेले पुनः जिल्ला अदालतमा सहकारी ऐनको दफा १३१(क) अनुसार बिगो तिरेर साधारण तारेखमा रिहा गरिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

निवेदनमा उनले कानुनी रूपमा उक्त दफा आफ्नो हकमा नपर्ने भए पनि बिगो स्वरूप दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरिसकेको उल्लेख छ ।

अदालतले आजको सुनुवाइपछि लामिछानेको मागबारे निर्णय लिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =