रुपन्देही-३ उपनिर्वाचन

रास्वपाका उम्मेदवारको प्रारम्भिक नामावली आज सार्वजनिक हुने

काठमाडौँ । आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनले राजनीतिक सरगर्मी बढाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि रिक्त रहेको यस क्षेत्रमा आफ्नो सशक्त उपस्थिति जनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ ।

 पार्टीले आज साँझ आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । गत २०७९ को आम निर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाएको रास्वपा यस पटक बलियो उम्मेदवारमार्फत नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छ । यसै क्रममा, पार्टीले साउन ७ देखि २१ गतेसम्म २५ हजार रुपैयाँ दस्तुरसहित उम्मेदवारका लागि आवेदन खुला गरेको थियो, जसमा ९ जनाले आकांक्षा देखाएका छन् ।

उम्मेदवारको टुंगो लगाउन रास्वपाले आइतबार केन्द्रीय कार्यालय वनस्थलीस्थित ‘घण्टी घर’मा आकांक्षीहरूसँग छलफल गरेको थियो । पार्टीका सह-महामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यको मध्यस्थतामा भएको छलफलमा केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक पनि सहभागी थिए । आचार्यका अनुसार, आकांक्षीहरूलाई नाम फिर्ता लिनका लागि आज दिउँसो ४ बजेसम्मको समय दिइएको थियो र सोही आधारमा प्रारम्भिक सूची प्रकाशन गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =