कोमामा रहेको सार्क फर्किने/नफर्किने ठेगान छैन तर आवश्यक छ : उपेन्द्र यादव
२०८२ साउन २५ गते

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको बताउँदै उनले अहिले कोमामा रहेको टिप्पणी गरे ।
उनले अब फर्किने हो वा होइन ठेगान नभएको बताए । विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको बताए ।
आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको बताए । आतंकवादीहरुको रुटकज पत्ता लगाएर बेलैमा समस्या समाधान गर्न जरुरी रहेको बताए ।
अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने बताए ।
२०८२ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित








