नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्तिले बनाएको होइन : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल—भारतबीचको खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि हुनु नहुने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै कहिले कहीँ राज्यले आतंक सिर्जना गर्ने गरेको बताए ।

आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरु रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताए ।

‘आतंकवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतंक पनि सिर्जना हुन्छ । व्यक्ति आतंक, राज्य आतंक, समूह आतंक विभिन्न हुन्छन् । राज्य आतंक पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतंकपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ,‘ उनले भने, ‘आफ्नै देशमा पनि भएका छन् । आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको चलाइ, छाती र निधारमा गोली हान्नेलाई राज्य आतंक भन्ने की नभन्ने । कारणमा पनि ध्यान जानुपर्छ । आतंकवाद भनेको कुरा ठिक होइन ।’

कुनैपनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उनको भनाइ छ । दक्षिण एशिया क्षेत्र भनेको आतंकवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनैपनि प्रकारका आतंक हुन नहुने बताए ।

नेपाल—भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताए । पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको बताए । ‘राज्य पक्ष संवेदनशिल हुनुपर्छ । नेपाल—भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध होइन । खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि नेपालको धर्तीबाट हुनु हुँदैन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =