कैलाली कारागार झडप (अपडेट) : पाँच सदस्यीय छानबिन मिति गठन
२०८२ साउन २४ गते

काठमाडौँ । कैलाली कारागारमा भएको झडपबारे छानबिन गर्न छानबिन समिति गठन भएको छ ।
शनिवार पाँच सदस्यीय छानबिन समिति गठन भएको डिएसपी राज कुमार सिंहले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डिएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेका छन् ।
समितिले घटनाको कारण पत्ता लगाई १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।
२०८२ साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित








